ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जुलाईमा टाटा मोटर्सको विक्री अहिलेसम्मकै उच्च

२०७९ साउन, १८  
बजार
Image Not Found

काठमाडौं (अस) । टाटा मोटर्सले गत जुलाई महीनामा आफ्ना चारपाङ्ग्रे सवारीसाधनको विक्री अहिलेसम्मकै उच्च रहेको दाबी गरेको छ ।

जुलाईमा टाटा ब्राण्डका ४७ हजार ५०५ ओटा गाडी विक्री भएको कम्पनीको तथ्यांक छ । गतवर्षको जुलाईमा ३० हजार १८४ ओटा गाडी विक्री भएको थियो । गतवर्ष जुलाईको तुलनामा यस वर्ष जुलाईमा कम्पनीको गाडी विक्री ५७ प्रतिशतले बढेको हो ।

कम्पनीका अनुसार यस वर्ष जुलाईमा नेक्सन एसयूभी  सबैभन्दा बढी विक्री हुने मोडेल हो । उक्त गाडी कम्पनीले उत्पादन गर्ने ५ गाडीमध्ये एक रहेको कम्पनीले जानकारी दिएको छ । एसयूभीबाहेक पन्च र एल्ट्रोजको विक्री पनि उत्साहजनक रहेको कम्पनीको भनाइ छ । कम्पनीले टाटाका गाडीको समग्र विक्री हरेक महीना बढिरहेको जानकारी दिएको छ ।

जुलाईमा ५ हजार ४३३ ओटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) विक्री गरिएको कम्पनीको भनाइ छ । टिगोरको उक्त विक्री गाडी सार्वजनिक भएयता हालसम्मकै उच्च रहेको कम्पनीले जानकारी दिएको छ । टिगोर सन् २०१७ मार्चमा सार्वजनिक गरिएको थियो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को शुरुआतमा परिमार्जन गरिएपछि तीनैओटा गाडीको विक्रीमा निकै वृद्धि भएको कम्पनीको दाबी छ ।

गतवर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा नेक्सनको विक्री १०५ प्रतिशतले बढेको कम्पनीले बताएको छ । टाटा ब्राण्डका गाडी विक्रीमा नेक्सनको हिस्सा ६४ प्रतिशत रहेको छ ।

सन् २०२१ को अन्तिममा बजारमा ल्याइएको पन्च माइक्रो एसयूभीको विक्री दर पनि जुलाईमा सबैभन्दा उच्च रहेको छ । सुरक्षाका दृष्टिकोणले सफल मानिएको उक्त पाँच सिट क्षमताको गाडी अल्फा प्लेटफर्ममा आधारित दोस्रो मोडल हो । जुलाईमा ११ हजार ७ ओटा पन्च माइक्रो एसयूभी विक्री भएको कम्पनीको तथ्यांक छ ।

उक्त माइक्रोका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक विक्री परिमाणमा नयाँ रेकर्ड कायम गरेको कम्पनीको दाबी छ । टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको जुलाईको विक्री संख्या ४ हजार २२ रहेको छ । कम्पनीले विद्युतीय गाडीको बढ्दो विक्रीबाट उत्साहित भएर ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्न सक्ने क्षमताको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement