ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अभियान लघुवित्तको आईपीओ आजदेखि निष्कासन, आधारभूत पक्ष कस्तो छ ? (भिडियोसहित)

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १८ गते) देखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १००  अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात् उक्त पूँजी २५ करोड पुग्नेछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement