ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले बुधवार (आज) देखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रूपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रूपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रूपैयाँ पुग्नेछ । 

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म शेयर कायम रहेका सदस्यहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो शेयरको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै आश्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयर भदौ ७ गतेसम्म विक्रीमा रहनेछ ।

हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिमको संकेत गर्ने केयर एनपी डबल बीप्लस आईएस रेटिङ प्रदान गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement