ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

२०७९ साउन, १८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौ । बुधवार स्थानीय बजारमा सुनको मूल्य ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९५ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २१० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा आज सुनको मूल्यमा उतारचढाव आएको छ । यो समाचार तयार पार्दासम्म (नेपाली समय अनुसार दिउँसो ११ः४५ बजे) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६९ डलर ८७ सेन्ट पुगेको छ । यस दिन अहिलेसम्म स्पट गोल्डको मूल्य अधिकतम प्रतिऔंस १ हजार ७७३ डलर ५४ सेन्ट पुग्दा न्यूनतम प्रतिऔंस १ हजार ७५५ डलर ६६ सेन्टमा कारोबार भएको छ । 

मंगलवार डलरको मूल्य पनि घटेको छ । यसदिन एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ७४ पैसा थियो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement