साउन १८, नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्नेका लागि यहि श्रावन २३ गतेदेखि बन्द हुने भएको छ ।
सञ्चालक कम्पानीका अनुसार एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्न लागिएको हो । यो प्रविधि जडान पछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने बताईएको छ ।
स्तरोन्नतीको कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने पनि कम्पनीले जनाएको छ। स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ । तर, यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ कम्पनीले जनाएको छ ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जारि गरेको विज्ञप्तीमा उल्लेख छ ।