ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशत बढ्यो, लाभांश क्षमता कति  ?

२०७९ साउन, १८  
लगानी
NA
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ७० प्रतिशत वृद्धि भएको छ ।

बैंकले अघिल्लो आवमा रू. ९६ करोड ३४ लाख खुद नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ६३ करोड पुगेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो ।

खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५३ प्रतिशत र सञ्चालन नाफा ७५ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ४४ करोडभन्दा बढी रहेको छ ।

बैंकले आर्जन गरेको खुद नाफालाई एनएफआरएस प्रणाली अनुसार विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश दिने गर्दछ । यस वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता १४ दशमलव ७४ प्रतिशत रहेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ८३ करोड र रिटेण्ड अर्निङमा रू. १ अर्ब ४४ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ८१ रहेकोमा गत आवमा बढेर रू. १६ दशमलव ६७ पुगेको हो । त्यसैगरी कम्पनीका मूल्य आम्दानी अनुपात १६ दशमलव ९३ गुणा, तरलता अनुपात २७ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ३४ रहेको छ । 

रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement