ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कुमारी बैंकको नाफा ४४ प्रतिशत बढ्यो, रिटेन्ड अर्निङ कति ?

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंक लिमिटेडले रू. २ अर्ब ८३ करोडभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षकाे चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा करीब ४४ प्रतिशत बढी भएको हो । अघिल्लो आवमा बैंकले रू. १ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत आवमा बैंकको सञ्चालन नाफा ३२ दशमलव ६८ प्रतिशत बढेको छ ।

अघिल्लो आवमा रू. ३ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत आवमा रू. ३ अर्ब ९८ करोडभन्दा बढी यो नाफा गरेको हो । गत आवमा बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ७७ करोडभन्दा बढी रहेको छ ।     

हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । बैंकले ६ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी वृद्धि गरेको हो । शेयर प्रिमियममा रू. ८ करोड ८८ लाखभन्दा बढी रहेको बैंकको रिटेन्ड अर्निङ रू. १ अर्ब ७७ करोडभन्दा बढी रहेको हो । बैंकको जगेडा कोष रकम रू. ४ अर्ब ६१ करोडभन्दा बढी कायम भएको छ ।

बैंकले अघिल्लो आवभन्दा २१ दशमलव २१ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ७६ अर्ब ७६ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने ११ दशमलव २२ प्रतिशत बढी अर्थात् रू. १ खर्ब ५३ अर्ब ३६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

अघिल्लो आवमा शून्य दशमलव ९६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा पनि शून्य दशमलव ९६ प्रतिशत नै कायम भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव शून्य १ रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement