ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सपोर्ट लघुवित्तको नाफा २ करोडभन्दा बढी, जगेडा कोष रकम साढे ६७ प्रतिशत बढ्यो 

२०७९ साउन, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा रू. २ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको गत आवको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले ३४ दशमलव ९६ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो आवमा कम्पनीले रू. ३ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत आवमा सञ्चालन नाफा भने ३१ दशमलव ७७ प्रतिशत कम भएको छ ।

अघिल्लो आजमा रू. ४ करोड ८८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू. ३ करोड ३३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ कररोड ५८ लाख रहेको छ । जगेडा कोष रकम अघिल्लो आवभन्दा ६७ दशमलव ५९ प्रतिशत बढी अर्थात् रू. ५ करोड १० लाख कायम भएको छ ।विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो आवभन्दा २५ प्रतिशत बढी अर्थात् रू. ९५ करोड २३ लाख कर्जा सापटी लिएको कम्पनीले ३० दशमलव २४ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ३० करोड ५८ लाख कर्जा प्रवाह गरेको छ । 

गत आवमा कम्पनीको निक्षेप संकलन भने ३४ दशमलव ७१ प्रतिशत बढी अर्थात् रू. २६ करोड ९४ लाख भएको छ । अघिल्लो आवमा ४ दशमलव ४८ प्रतिशत रहेको निष्क्रिय कर्जा ४ दशमलव ५५ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५५ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement