साउन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा लगाउँदै आएको बन्देजलाई हटाएको छ ।
बुधबार राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाको ३० प्रतिशत मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था भएकोमा अब सो व्यवस्था हटाएको जानकारी गराएको छ ।
यो सँगै अब बैंक तथा वित्तीय संस्थाहरूले अब आफ्नो क्षमता अनुसार आफूखुशी लाभांश वितरण गर्न सक्नेछन् । राष्ट्र बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो ।