ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियूको विरोध प्रदर्शन, मूल्य नघटेसम्म आन्दोलनको चेतावनी

२०७९ साउन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले घटाएकाे छैन ।  

विरोध प्रदर्शनमा विद्यार्थीहरूले ‘मूल्यवृद्धि फिर्ता गर्, आयल निगमका दलालहरू होसियार’, ‘पेट्रोलियम पदार्थको मूलयवृद्धि समायोजन गर्, स्वचालित मूल्य प्रणाली कायम गर्’, ‘जनताको चुलो निभाउन पाइँदैन, परमादेशी सरकार चाहिँदैन’ जस्ता नारासमेत लगाएका थिए ।

अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालितरूपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताए । उनले अहिले सिंहदबारभित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको आरोपसमेत लगाए । 

विरोध प्रदर्शनसँगै अनेरास्ववियूले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजनको माग गर्दै निगमलाई ज्ञापनपत्र समेत बुझाएको छ ।                                                                                                                     

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement