साउन १८, काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इन्डियन आयल कर्पाेरेशन (आईओसी)लाई १४ अर्ब तिर्न बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिएको बताएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले आयल निगमको अवस्थाबारे आज नै विज्ञप्ति सार्वजनिक गरिने बताए ।
आईओसीले दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाउँदा पनि आयल निगमले मूल्य घटाएको छैन । आईओसीले पछिल्लो पटक सोमवार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
आयल निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य नघटाएपछि अनेरास्ववियूले आज आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । त्यसअघि अनेरास्ववियूले आयल निगम परिसरमा विरोध प्रदर्शन गरेको थियो । विरोध कार्यक्रममा विद्यार्थी नेताहरूले मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।
noc neta ra top beurocrate ko dohan garne thalo vayeko xa. yasko khareji desh ko hita ma xa.