ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साढे ३ करोडको लगानीमा आँखा अस्पताल सञ्चालन

२०७९ साउन, १९  
प्रदेश ०१
Image Not Found

धरान (अस) । धरानमा सञ्चालित मञ्जुश्री पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टरले करीब साढे ३ करोड रुपैयाँ लगानीमा विशेषज्ञ सेवासहितको आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । धरान–१० स्थित पुतलीलाइनमा मञ्जुश्री ‘सुपर स्पेशियालिटी आई केयर सेन्टर’ सञ्चालनमा ल्याइएको हो । बुधवार प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले उक्त अस्पतालको उद्घाटन गरे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहेक धरानमा आँखाको विशेषज्ञ सेवासहितको उपचार सेवा उपलब्ध नभएकाले आँखा अस्पताल सञ्चालनमा ल्याइएको सञ्चालक विकास खड्काले जानकारी दिए । मेची अस्पतालका वरिष्ठ डाक्टरबाट ओपीडी सेवादेखि शल्यक्रियासम्मका सबै सुविधा उपलब्ध गराउने उनले बताए ।

सो अस्पतालले विराटनगरको निजी अस्पतालको भन्दा ५ देखि १० प्रतिशत सस्तोमा सेवा दिनेदाबी खड्काको छ । यस्तै सातै दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइने बताइएको छ । प्रदेश १ का सभामुख भण्डारीले सबैले नाफामुखी मात्रै नभएर सेवामुखी भएर उपचार सेवा दिन आग्रह गरे ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement