काठमाडौं (अस) । सरकारले नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा आफ्नो प्रतिनिधिका रूपमा विश्वमोहन अधिकारीलाई मनोनयन गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक अधिकारीलाई सरकारले दुईवर्षे कार्यकालका लागि मनोनयन गरेको हो । संघको विधान २०३५ को दफा २० बमोजिम सरकारको प्रतिनिधिको रूपमा उनलाई नियुक्त गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।