काठमाडौं (अस) । एनएमबि बैंकले मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सोमवार मेहेन्दी लगाऔं एनएमबिसँग रमाऔं’ नाराका साथ ग्राहक र कर्मचारीबीच उत्सव मनाउँदै कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सात प्रदेशको १४ शाखामा सो कार्यक्रम गरेको थियो । बैंकले प्रदेश १ का बिर्तामोड र विराटनगर, मधेश प्रदेशका जनकपुर र वीरगञ्ज, बागमती प्रदेशका बबरमहल, कुमारीपाटी र लायन्स चोक (नारायणघाट), गण्डकी प्रदेशका पोखरा र गोरखा, लुम्बिनी प्रदेशका मिलन चोक र नेपालगञ्ज, कर्णाली प्रदेशको वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर र धनगढी चौराहामा कार्यक्रम गरेको थियो ।