ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालय एअरलाइन्स्द्वारा सीएसआरएस प्रतिवेदन सार्वजनिक

२०७९ साउन, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालय एअरलाइन्स्ले संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०२०/२०२१ मा गरिएका सीएसआर अन्तर्गतका पहलहरूको बारेमा प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्षहरूमा विस्तारै समाजको उन्नतितर्फ आफ्नो दृष्टिकोण विकास गरिएको कम्पनीले बताएको छ । आफ्ना मूख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरू आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्व लगायत रहेको जानकारी कम्पनीले दिएको छ ।

एअरलाइन्स्की ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्स्का मेन्टिनेन्स एण्ड इन्जिनीयरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक कार्यक्रममा एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख दलीले कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवनमा प्रभावित पारेको र व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल बनाएको बताइन् । सन् २०२० मा देखापरेको कोभिड–१९ को प्रकोपसँगै संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्त्वपूर्ण रहेको इन्जिनीयरिङ विभागीय प्रमुख श्रेष्ठले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement