ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वर्ल्डलिंकलाई मधेश प्रदेशद्वारा आईसीटी अवार्ड प्रदान

२०७९ साउन, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सलाई मधेश प्रदेशले आईसीटी अवार्ड प्रदान गरेको छ । प्रदेशको आर्थिक रूपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा वर्ल्डलिंकको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रदेश सरकारले सो अवार्डबाट सम्मान गरेको हो ।

मधेश प्रदेश लगायत मुलुकभरि नै सञ्चालनमा रहेको कम्पनीले सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सृजना गरेको र उपभोक्तालाई गुणस्तरीय सेवा दिएकाले सम्मान गरिएको प्रदेश सरकारको भनाइ छ । मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सो क्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।

कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा फाइबर नेटवर्क निर्माण गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार हाल कम्पनीको ग्राहक ६ लाख ४५ हजार रहेका छन् । त्यस्तै विभिन्न संघसंस्था, बैंक तथा वित्तीय क्षेत्र गरी ९ हजार संस्थागत ग्राहक र सरकारी कार्यालय तथा फ्री इन्टरनेट एवं डेटा कनेक्टिभिटी उपलब्ध गराइएका स्थान १३ हजारभन्दा बढी रहेको कम्पनीको दाबी छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement