ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तातोपानीमा ३ महीनादेखि १० हजार बोरा मल अलपत्र

२०७९ साउन, १९  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा छ । देशभरका किसानले चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको हो ।

सरकारी अनुदानको मल खरीदविक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका दुई कम्पनी सिल्क र सिनोभ्याकले चीनबाट किनेर ल्याउन ढिलाइ गरेपछि समस्या शुरू भएको थियो । सम्झौताबमोजिम १ सय २० दिनभित्र मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाई सक्नुपर्ने थियो । तर, उक्त समयसीमाभित्र ती दुई कम्पनिले मल ल्याउन सकेनन् । त्यसपछि कृषि सामग्रीले २१ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै जारी गरेको सूचनालाई समेत सिल्क र सिनोभ्याकले बेवास्ता गरे । त्यसपछि कृषिले दुवै कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो । अदालतमा मुद्दा चलिरहँदा तातोपानी नाकामा मल आइपुग्यो । आयातकर्ता कम्पनीले मल आइपुगेको जानकारी गराए पनि कृषिले बुझ्न मानेन । भन्सारबाट मल भित्र्याउँदा गर्नुपर्ने गुणस्तर परीक्षणका लागि कृषि सामग्रीले विज्ञसहितको सर्वेयर टोली पठाउनुपर्नेमा त्यो पनि गरेन । यो हानाथापले गर्दा लामो प्रक्रिया पूरा गरेर भन्सार आइपुगेको मल कुहिने अवस्था आएको छ ।

कृषि सामग्रीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की अदालतले ‘स्टे अर्डर’ जारी गर्दै मल बुझ्न र सहजीकरण गरिदिन कम्पनीलाई पत्र पठाएपछि कम्पनीले सर्वेयर टोली तातोपानी पठाएर सहजीकरण गरिदिए पनि मल नभित्रिएको बताउँछन् । यसबीचमा तातोपानी भन्सारले आयातकर्ता कम्पनीलाई मल बिग्रन सक्ने भन्दै चाँडोभन्दा चाँडो भन्सारबाट मल छुटाउन दुईपटक ताकेता गरेको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । ‘तर, आयातकर्ता कम्पनी सम्पर्कमा आएको छैन,’ उनले भने । उक्त मल गत वैशाख ३० गते तातोपानी भन्सारमा आइपुगेको थियो । स्रोतका अनुसार मल आयातकर्ता कम्पनीले तातोपानीस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको गोदाममा मल राखेको ३ महीनाको भाडा नै करीब ५५ लाख रुपैयाँ पुगिसकेको छ । आयातकर्ता दुवै कम्पनी उक्त भाडा मिनाहा गराउने खेलमा लाग्दा मल नेपाल भित्रन नसकेको स्रोतको दाबी छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement