ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जापानी भाषा र शीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जाँदै

२०७९ साउन, १९  
समाचार
Image Not Found

काठमाडौं (अस) । जापानी भाषा र शीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र शीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई एसएसडब्ल्यू प्रणालीमार्फत जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी नेपाल सरकार र जापान सरकारबीच श्रम समझदारी भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ ओटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न एक कार्यसमिति बनेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानून मन्त्रालयका हिमालचन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् । त्यस्तै जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक कार्यसमिति बनेको छ । कार्यसमितिको आज (बिहीवार) बस्ने बैठकमा बृहत् छलफल गरिनेछ । बैठकले मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिश गर्ने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement