काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । ती वस्तुमध्ये खेलौनाको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात रू. ५२ लाख ७५ हजारमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा पुसमा सर्वाधिक रू. ११ करोडको खेलौना आयात भएको छ । गत आर्थिक वर्षमा खेलौनाको कुल आयात भने ७९ करोड ७० लाख रुपैयाँको भएको छ ।