साउन १९, काठमाडौं । २ ओटा कम्पनीले २ लाख ७६ हजारभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख १ हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
उक्त संस्थापक शेयरमा कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले साउन २५ गतेसम्म एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
इच्छुक आवेदकले रू. १०० अंकित दरको न्युनतम ३५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले योभन्दा अगाडी नै विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेका छन् ।