ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

७० प्रतिशत बोनस शेयर वितरण गरेको जीवन विकास लघुवित्तको खुद नाफा ७८ करोडभन्दा बढी 

२०७९ साउन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा रू. ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो आवमा रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू. ८१ करोड ७२ लाखभन्दा बढी आम्दानी गरेको हो । 

गत आवमा कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्‍याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५४ करोड कायम भएको छ । कम्पनीको कर्जा सापटी अघिल्लो आवमा भन्दा साढे १ प्रतिशत बढी छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत आवमा १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।

अघिल्लो आवमा शून्य दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा भने बढेर शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ७५ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६९ दशमलव ५१ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement