ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्र उत्थान लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा ४१ प्रतिशत वृद्धि

२०७९ साउन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४१ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आवमा रू. ४ करोड ७१ लख नाफा कमाएकोमा गत आवमा बढेर रू. ६ करोड ६५ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १६ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएको छ ।

साथै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएकोले पनि नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड ६४ लाख छुट्याएकोमा गत आवमा रू. १९ लाख ९४ हजार छुट्याएको छ । 


चुक्तापूँजी रू. २६ करोड रहेको कम्पनीले जगेडामा रू. १८ करोड २२ लाख सञ्चित गरेको छ । गत आवमा कम्पनीले रू. २ अर्ब १४ करोड सापटी र रू. ८२ करोड ८४ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब २८ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 


सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दनी रू. २५ दशमलव ५८ (वार्षिक), मूल्य आम्दानी अनुपात ३६ दशमलव २० गुणा, तरलता अनुपात १५ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ०८ रहेको छ । हालसम्ममा कम्पनीले ४२ जिल्लामा १०० शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement