ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अभियान लघुवित्तको आईपीओमा मागभन्दा ९.६६ गुणा बढी आवेदन

२०७९ साउन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार बिहीवार बिहान १० बजेसम्ममा ८ लाख ९ हजार ५०४ जना आवेदकले ९४ लाख २१ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले साउन १८ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । 

कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात पूँजी रू. २५ करोड पुग्नेछ । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement