ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गौशाला नगरपालिकाका कार्यालय प्रमुखमाथि नै रू. १२ करोड बेरुजु

२०७९ साउन, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, महोत्तरी । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापामाथि रू. १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनीमाथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भदेखि उनी त्यस नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आर्थिक वर्ष २०७७/०७८ सम्म बेरुजुले रू. १२ करोड नाघेको हो ।

उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रू. ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रू. ७७ लाख ९० हजार र पेश्की रू. २ करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रू. ६ करोड ८८ लाख ४७ हजार रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८/०७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष २०७६/०७७ को  रू. ४३ करोड ३ लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७/०७८ को समायोजन र सम्परीक्षणबाट फर्छ्योट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रू. ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ । –रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement