ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्दाकिनी हाइड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?

२०७९ साउन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले रू. १०२ देखि ३०६ सम्मकाे ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०२ रहेकोले पहिलाे काराेबारका लागि उक्त रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ, सोही कारण कम्पनीले उक्त ओपन रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ साउन १७ गते बाँडफाँट भएको हो । उक्त आईपीओमा १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । 

कुल आवेदकहरूमध्ये १ हजार ६६५ ओटा आवेदन रद्द भएका छन् । १५ लाख ४६ हजार २८४ जना आवेदकहरूमध्ये १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यीमध्ये ९ जनाले ११-११ कित्ता शेयर प्राप्त गरेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement