साउन १९, काठमाडाैं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।
यसअघि २०७४ सालमा दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव भएकाे थियाे ।