ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बेलौरी नगरपालिकाले दियो दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ 

२०७९ साउन, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, कञ्चनपुर । बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध गराएको छ । 

दुग्ध वितरण आयोजना धनगढीको रू. १ लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको रू. ८ लाख साझेदारीमा दूध चिस्याउने चिलिङ भ्याट खरिद गरी केन्द्रलाई उपलब्ध गराइएको हो । 

‘दुग्ध संकलन केन्द्रलाई तीन हजार लिटर क्षमताको चिलिङ भ्याट उपलब्ध गराइएको छ,’ नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले बताए, ‘दुग्ध संकलन केन्द्र बेलौरीले चिलिङ भ्याटको अभावमा दुग्ध संकलन गर्न निकै अप्ठ्यारो परेको जानकारी गराएपछि नयाँ चिलिङ भ्याट आयोजनासँगको साझेदारीमा खरिद गरेका हौँ ।’ 

चिलिङ भ्याट प्राप्त भएपछि केन्द्रलाई दुग्ध भण्डारण गरी विक्री वितरण गर्न सहज भएको उनले बताए । विगत जस्तो दूध बिग्रिने डर अब छैन । 
केन्द्रले दुग्ध उत्पादक किसानको दूध रूपमा खरिद गरी डिडिसीलाई बेच्ने गरेको उनले बताए । केन्द्रसँग रहेको पुरानो चिलिङ भ्याट बिग्रिएपछि दूध संकलनमा समस्या उत्पन्न हुँदै आएको थियो । –रासस
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement