ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्र बैंकको निर्देशनको प्रभाव : नेप्सेमा करेक्सन जारी, ३८ अंक घटेर २१४८ विन्दुमा 

२०७९ साउन, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीवार नेप्से परिसूचक ३८ दशमलव ६१ अंक घटेको छ । यो गिरावटपछि परिसूचक २ हजार १४८ दशमलव १६ विन्दुमा झरेको हो ।

यस दिन कारोबारमा आएका २१५ धितोपत्रको ८५ लाख ६९ हजार ५ कित्ता शेयर ५६ हजार ८१९ पटकमा रू. ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ बराबरको शेयर किनबेच भएको छ । नेप्सेमा करेक्सन जारी रहेको छ । 

मौद्रिक नीतिमार्फत घरजग्गा, शेयर कर्जा लगायतका विविध शीर्षकमा कर्जा लिँदा धितो मूल्यांकनको ३० प्रतिशत मात्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको थियो । बुधवार राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उक्त कर्जा नविकरण गर्दा पनि ३० प्रतिशतको सीमा कायम गर्नुपर्ने व्यवस्था गरेपछि त्यसले शेयर बजार थप प्रभावित भएको जानकारहरू बताउँछन् ।

बजार एक महीना अगाडि इन्ट्राडेमा १८०७ सम्म झरेको थियो । अहिले बजार साढे २१ सयको हाराहारीमा रहेको छ । यसरी हेर्दा छोटो समयमै बजार साढे तीन सय अंक बढेको छ । बढेको बजारमा घटेको बेला शेयर खरीद गर्नेले यतिबेला प्रोफिट बुक गर्नु स्वाभाविक भएको विश्लेषक बताउँछन् । त्यसैले यति बेला बजारमा करेक्सन आएको हो । 

अब कम्पनीहरूले विस्तारै लाभांश घोषणा गर्नेछन् । यति बेला शेयर खरीद गर्नेहरू निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् । त्यसैगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा सदस्यको र प्रदेश सभा सदस्यको निर्वाचन हुनेछ । निर्वाचनका कारण बजारमा पैसा आउनेछ । चुनावी गतिविधि बढ्दा त्यसले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

कारोबारमा आएका २१५ धितोपत्रमध्ये बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६२ दशमलव ६० कायम भएको हो । त्यसैगरी दोस्रोमा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ५ दशमलव ३९ प्रतिशत वृद्धि भएर रू. ६४८ दशमलव ९० कायम भएको छ । 

त्यसैगरी बिहीवार सबैभन्दा बढी युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । शेयर मूल्य प्रतिकित्ता रू. ७६९ मा झरेको छ । त्यसैगरी ८.५०० सानिमा डिबेञ्चर २०८७ नामक ऋणपत्रको मूल्य ५ दशमलव ४७ प्रतिशत घटेर रू. ७६० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू.२५ करोड २२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८०५ दशमलव १० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. १३ करोड १७ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचकसँगै समग्र नेप्से घटेको हो । ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक ५ दशमलव १३ प्रतिशत घटेको छ । त्यसैगरी दोस्रोमा होटल एण्ड टुरिजम समूहको परिसूचक ३ दशमलव ०९ प्रतिशत घटेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement