ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

३ अर्बभन्दा बढी नाफा कमाएको सिद्धार्थ बैंकको लाभांश क्षमता कति ? यस्तो छ कम्पनीको विश्लेषण

२०७९ साउन, १९  
लगानी कम्पनी विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । सिद्धार्थ बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ अर्ब ८५ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ अर्ब २१ करोड पुगेको हो । 

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २७ प्रतिशत र सञ्चालन नाफा १३ प्रतिशत वृद्धि भएको छ । 

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब १० करोड रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । 

यस वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ८२ प्रतिशत रहेको छ । कम्पनीले आव २०७७÷७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो । 

कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड रहेको छ भने गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७ अर्ब ७८ करोड र रिटेन्ट अर्निङमा रू. १ अर्ब ६० करोडभन्दा बढी सञ्चित गरेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ७९ रहेकोमा गत आवमा बढेर रू. २५ दशमलव ७१ पुगेको हो । 

बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२७ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव २८ प्रतिशत घटेको हो ।

कम्पनीको अध्यक्षमा मनोज कुमार केडिया रहेका छन् । त्यसैगरी कम्पनीको सञ्चालकमा नरेन्द्र कुमार अग्रवाल, राहुल अग्रवाल, दिनेश शंकर पालिखे, अंकित केडिया र मिना कुमारी सैन्जू रहेका छन् । त्यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल रहेका छन् । 

कम्पनीले विगत पाँच आवमा शेयरधनीलाई दिएको लाभांश विवरण :

      कम्पनीको चौथो त्रैमाससम्मको वित्तीय विवरण :

प्राविधिक विश्लेषण 

मैनबत्ती चित्र 

५ मे २०२२                                                                                       ४ अगष्ट २०२२
७० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारोबोजु आकृति बनेको छ । यस्तो आकृति कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने घट्ने संकेत देखाउँछ । 
आरएसआई

५ मे २०२२                                                                                       ४ अगष्ट २०२२
: ७० दिनको कारोबार अवधिमा आरएसआई ५५ दशलमव ३२ विन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।  
     स्ट्याण्र्ड डेभिएसन

                                                                              
५ मे २०२२                                                                                       ४ अगष्ट २०२२
: ३ दशमलव ७३ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ । कम जोखिमयुक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ । 
मुभिङ एभरेज

 


५ मे २०२२                                                                                       ४ अगष्ट २०२२

: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको बीचमा रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । बिहीवारको शेयर मूल्य प्रतिकित्ता रू. ३२७ देखि सस्तिएमा रू. ३११ मा टेवा पाउने र महँगिएमा रू. ३३८ मा प्रतिरोध पाउने देखिन्छ । 
(यो तथ्यांकको आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभूत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक छ ।)

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement