ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्टीलको मूल्यवृद्धिले उद्योगलाई राहत

२०७९ साउन, २०  
१० वर्ष अघि
Image Not Found

अन्तरराष्ट्रिय बजारमा स्टीलको मूल्य बढ्न शुरू गरेपछि नेपाली स्टील उद्योगहरू राहत पाउने आशमा छन् । सन् २००७ मा प्रति टन १ हजार २ सय अमेरिकी डलरभन्दा माथि रहेको स्टीलको मूल्य घटेर सन् २००८ र २००९ मा ३ सय डलरमा झरेपछि कतिपय उद्योग उत्पादन बन्द गर्ने अवस्थामा पुगेका थिए । यस्तै कतिपय उद्योग बन्द नै भए भने बाँकीले पनि नोक्सानमा चलिरहेको बताउँदै आएका थिए । अहिले अन्तरराष्ट्रिय बजारमा स्टीलको मूल्य बिस्तारै बढेर प्रतिटन ६ सय डलरको हाराहारीमा पुगेको छ । यसको मूल्य अझै बढ्न सक्ने अनुमान विज्ञहरूले गरेका छन् । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाले उद्योगीहरूलाई आफ्नो उत्पादनको मूल्य बढाउन सजिलो हुनेछ । त्यसबाट थोरै भए पनि राहत मिल्ने आशा उद्योगीहरूले गरेका छन् ।

नेपाली स्टील उद्योगहरू पूर्ण रूपमा आयातित कच्चा पदार्थमा निर्भर छन् । मूल्य ह्वात्तै घटेपछि महँगोमा खरीद गरेको कच्चा पदार्थबाट बनेका उत्पादन सस्तोमा विक्री गर्नु परेकाले २ वर्षअघिकै नोक्सान अहिलेसम्म असुल हुन नसकेको उद्योगीहरूको भनाइ छ । अन्तरराष्ट्रिय बजारमा स्टीलको मूल्य घट्नु र नेपालमा घरजग्गा तथा निर्माण उद्योगमा शिथिलता आउनु एकैपटक परेकाले आफूहरू दोहोरो मारमा परेको साखः समूहका निर्देशक किरणप्रसाद साखःले अभियानलाई बताए ।

वर्ष ६ अंक १४ , आइतवार, ३ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement