ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

इलिक्सर एकेडेमीद्वारा रू. १ लाखको पुरस्कार घोषणा

२०७९ साउन, २०  
Image Not Found

काठमाडौं (अस) । एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई इलिक्सर एकेडेमीले १ लाख रुपैयाँको पुरस्कार घोषणा गरेको छ । काठमाडौंको चाबहिलमा रहेको विद्यालयले २०७८ सालको एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई उक्त राशीको पुरस्कार दिने घोषणा गरेको हो । गतवर्षको एसईईमा आफ्ना ४५ जना विद्यार्थी सहभागी रहेकोमा दुईजनाले ४ जीपीए ल्याएको विद्यालयले बताएको छ ।

मुलुकभरबाट ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा काठमाडौंबाट १० जनाले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये दुईजना इलिक्सर एकेडेमीका रहेका छन् । उक्त विद्यालयका कृतिका शिवाकोटी र प्रतीक पौडेलले ४ जीपीए ल्याएका हुन् । दुवै जनालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइने विद्यालयले जानकारी दिएको छ । आफ्नो देशलाई विश्वका विकसित मुलुकहरूको दाँजोमा पुर्‍याउन सक्ने २१औं शताब्दी सुहाउँदो योग्य, सक्षम, इमानदार एवम् कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको प्रधानाध्यापक रविन दाहालले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement