ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भीभोको ‘भी २१ई’स्मार्टफोनको मूल्य घट्यो

२०७९ साउन, २०  
बजार प्रविधि
Image Not Found

साउन २०, काठमाडौं। प्रसिद्ध स्मार्टफोन ब्रान्ड भीभोले सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक ‘भी२१ई’ को मूल्य घटाएको छ । ‘भी२१ई’ को मूल्य २ हजार रुपैयाँले घटाउँदै ३७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । घटाइएको उक्त ब्राण्डको मूल्य सबै नेपालका रिटेल स्टोर र ई–कमर्शमा लागू हुने कम्पनीको भनाइ छ ।

भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भीभोका स्मार्टफोनमार्फत ग्राहकको दिनचर्या सहज बनाउनु कम्पनीको उद्देश्य रहेको बताए । ‘ग्राहकको जीवनलाई समृद्ध बनाउन सधैं प्रतिबद्ध भएकै कारण मूल्य समेत घटाइएको हो,’ उनले भने ।

कम्पनीका अनुसार भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । स्मार्टफोनमा एआई नाइट पोट्र्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियो लिन सकिने कम्पनीको भनाइ छ । सो स्मार्टफोनको उत्कृष्ट इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाका कारण स्पष्ट तस्वीर, स्तरीय नाइट शटहरू र फोरके क्वालिटीमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिने कम्पनीको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement