ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते देखि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय भदौ ५ गतेसम्म थप भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारीपूँजी रू. ८५ करोडको १० प्रतिशत अर्थात रू. ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले आईपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement