साउन २०, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत चैत १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीले गत चैत ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।
कम्पनीका अनुसार १६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।
चैत १८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई कम्पनीले अनुरोध गरेको छ ।
यसका साथै, गरिमा बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीले बोनस शेयर बापतको कर रकम तिर्नुपर्ने भएकोले शेयरधनीले शेयर बापतको कर तिरेपछि मात्र बोनशर शेयर हितग्राही खातामा जम्मा गरिने समेत जनाइएको छ ।