ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दुई दिनमा ताेलामा १५ सय बढ्याे सुनकाे भाउ, कति पुग्याे ?

२०७९ साउन, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौ । पछिल्लाे दुई दिनमा नेपाली बजारमा सुनकाे भाउ ताेलामा १५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतिताेला ८०० बढेकाे सुनकाे मूल्य शुक्रवार ७०० रूपैयाँ बढेकाे हाे ।

बिहीवार ताेलाकाे ९६ हजार १०० रूपैयाँमा काराेबार भएकाे सुनकाे भाउ शुक्रवार ९६ हजार ८०० रूपैयाँ पुगेकाे छ । बुधवार भने सुनकाे भाउ ताेलाकाे ९५ हजार ३०० रूपैयाँ थियाे । 

आज चाँदीको मूल्य पनि बढेको छ ।  यो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २१० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७९१ दशमलव ४८ डलर (नेपाली समयअनुसार बिहान ११ बजे) पुगेको छ ।

शुक्रवार डलरको मूल्य पनि बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ४५ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ९६ पैसा थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement