ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ७१ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ७१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. १२ करोड ९७ लाख नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. २२ करोड १९ लाख पुगेको हो ।

गत आवमा कम्पनीले सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सञ्चालन  नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७५ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५० लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६१ करोड ९० लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ४३ करोड ८३ लाख सापटी लिएर र रू. २ अर्ब ५२ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ५८ करोड भन्दा कर्जा लगानी गरेको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ७ दशलमव ५८ प्रतिशत रहेको छ । अघिल्लो आवमा कम्पनीले रू. ४१ करोड ३६ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. ३८ करोड २३ लाखमा झरेको हो ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ८७ दशमलव ०४, मूल्य आम्दानी अनुपात २६ दशमलव १६ गुणा, तरलता अनुपात ९ दशमलव ४२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३४२ दशमलव ७८ रहेको छ। 
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement