ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खराब कर्जा संकलन बढेसँगै आँधिखोला लघुवित्तको नाफा बढ्यो

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा ११ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो आवमा रू. ४ करोड १० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४ करोड ५५ लाख पुगेको हो । गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीले अघिल्लो आवमा रू. २० लाख ६६ हजार खराब कर्जा संकलन गरेकोमा गत आवमा बढेर रू. १ करोड १६ लाख पुगेको छ । 

कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ भने जगेडामा रू. १० करोड ८२ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७७ करोड ७१ लाख सापटी लिएर र रू. ४६ करोड ९१ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४१ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४५ दशमलव ५८ रहेको छ।

कम्पनीकाे मूल्य आम्दानी अनुपात ३० दशमलव ०६ गुणा,तरलता अनुपात ४ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव २० रहेको हो । हालसम्ममा यस कम्पनीले १० जिल्लामा १९ शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement