ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । शुक्रवार नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर आइवतार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू. ७६ दशमलव ३३ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको ९ लाख कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ८७ लाख कित्ता गरेर कुल १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एचएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट दिने नेप्से मार्फत जानकारी गराएको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement