ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१० प्रतिशत पूँजी बढाएको सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४५.२९ प्रतिशत बढ्यो 

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सांग्रिला डेभलपमेन्ट बैंकले रू. ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सो अवधिसम्म रू. ४१ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत आवमा ४५ दशमलव २९ प्रतिशत बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा अघिल्लो आवभन्दा ४६ दशमलव ६९ प्रतिशत बढी रू. ८६ करोड ४६ लाख भएको कम्पनीको वितरणयोग्य नाफा भने रू. ३४ करोड ८६ लाखभन्दा बढी रहेको छ । कम्पनीले गत आवमा १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६ लाख ६९ हजार पुर्याएको छ भने जगेडा कोष रकम रू. ९० करोड १६ लाखभन्दा बढी छ । 

निक्षेप संकलन अघिल्लो आवभन्दा १६ दशमलव ६९ प्रतिशत बढी रू. ४८ अर्ब ७७ करोड रहेको कम्पनीको कर्जा प्रवाह रू. ४० अर्ब ८४ करोडभन्दा बढी छ । अघिल्लो आवमा १ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ९८ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ५२ छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement