ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मितेरी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा करिब ११ करोड

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । गत आर्थिक वर्षमा मितेरी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा रू. १० करोड ९५ लाखभन्दा बढी रहेको छ । गत आवमा कम्पनीले अघिल्लो आवभन्दा ५ दशमलव ५१ प्रतिशत बढी रू. १५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको सो अवधिसम्म रू. १४ करोड ५६ लाखभन्दा बढी हाे । गत आवमा कम्पनीको सञ्चालन नाफा भने ५ दशमलव ३१ प्रतिशत बढी रू. २१ करोड ९५ लाख भएको छ । 

१३ दशमलव ३० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ९० करोड ३४ लाख पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ रू. १४ करोड ५९ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २५ करोड ४३ लाखभन्दा बढी कायम भएको छ । 

कम्पनीले अघिल्लो आवभन्दा गत आवमा ११ दशमलव ३४ प्रतिशत बढी रू. ६ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ भने ७ दशमलव ६० प्रतिशत बढी रू. ४ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । 

अघिल्लो आवमा शून्य दशमलव ४७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर शून्य दशमलव ९० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव शून्य १ र प्रतिशेयर नेटवर्थ रू. १४४ दमलव ३१ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement