ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सत्ता गठबन्धनबीच चुनावमा तालमेल गर्ने सहमति

२०७९ साउन, २०  
समाचार
Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं । सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनका नेताहरूको बैठकले चुनावी तालमेलका लागि सहमति जुटाएको हो । 

बैठक प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलको हस्ताक्षर छ । 

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनावको मिति तोकिएसँगै दलहरू यसको तयारीमा जुटिसकेका छन् । 


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement