साउन २०, काठमाडौं । म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका गर्नका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् ।
यससँगै म्यूजिक नेपाल सर्वसाधारणमा शेयर जारी गर्ने संगीत क्षेत्रकाे पहिलो कम्पनी बन्दै छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।