साउन २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरीका लागि गुप्तचर परिचालन गरेको समाचार सत्य नभएको दाबी गरेका छन् ।
मन्त्रिपरिषद् बैठकबारे जानकारी दिने क्रममा उनले शुक्रवार यस्तो दाबी गरेका हुन् । उनले केही सञ्चारमाध्यममा एमाले अध्यक्ष ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार प्रकाशित÷प्रशारित भएकोमा उक्त कुरा निराधार भएको स्पष्ट पारे ।
सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको उल्लेख गर्दै उनले यसको सम्मान र संवर्द्धन गर्न प्रतिवद्ध रहेको बताए ।