ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मनसुनमा रमाइरहेको काठमाडौं उपत्यका [फोटोफिचर]

२०७९ साउन, २१  
फोटो फिचर
Image Not Found
ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।
author avatar अभियान संवाददाता

 साउन २१, काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहिलेकाही प्रकृति नै निर्णयक बन्छ ।मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच सहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।

अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौंखेलौं लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।


हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ। प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी ।

कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सतर्कता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ ।

अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ ।

साँच्चिकै प्रकृति एउटा रचनाको स्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।

छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।

सिनामंगलको सहर र आकाशमा देखिएको कालो बादल ।

न्यूरोड आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको ऐतिहासिक धरहरा ।

वर्षापछि न्यूरोडबाट गन्तब्यतर्फ जाँदै गरेका सर्वसाधारण ।

वर्षापछि बढेको वागमती नदी।

गोदावरी पार्कमा झरि परेपछि ओतलागेका युवायुवती ।

वर्षापछि बग्दै गरेको नख्खु खोला ।

तस्वीर सौजन्य : न्यूज एजेन्सी नेपाल

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement