साउन २१, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन् ।
सञ्चारकर्मीसँग शनिवार कुरा गर्दै उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । ‘सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ,’ उनले भने ।
तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले १०० सिट पाउनुपर्ने उनको दाबी छ । तालमेलमा के हुन्छ भन्नेबारे अहिले बताउन नसकिए पनि एमालेसँग प्रतिष्पर्धाका लागि एक हुनुपरेको उनले बताए । रासस