साउन २१, काठमाडौं। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ।
उनका बुबा मधुसुदन पौडेलको चावहिलस्थित मेडिकेयर अस्पतालमा शनिवार उपचारको क्रममा निधन भएको हो। ८० वर्षीय पौडेललाई फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
उनका तीन छोरा र दुई छोरी छन्। पौडेल यसअघि सोल्टी होटल र नेपाल रेडडक्रस सोसाइटीमा कार्यरत थिए। उनी समाजसेवामा पनि सक्रिय थिए ।