ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

३१ ओटा म्युचुअल फण्डहरूले सार्वजनिक गरे खुद सम्पत्ति मूल्य विवरण, २६ ओटाको बढ्यो न्याभ

२०७९ साउन, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २१, काठमाडौं । ३१ ओटा म्युचुअल फण्डहरूले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । तीमध्ये २६ म्युचुअल फण्डहरूको प्रतिएकाई खुद मूल्य (न्याभ) बढेको छ । यस्तै, २ ओटा म्युचुअल फण्डहरूको न्याभ घटेको छ भने १ ओटाको स्थिर देखिएको छ । बाँकी २ ओटा फण्डहरू असारमै खुलेका हुन्, जसमा कुमारी धनवृद्धि योजना र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड छन् । 

शेयर बजारमा गरेको लगानीको बजारमूल्य बढेसँगै २६ म्युचुअल फण्डहरूको न्याभ बढेको हो । सर्वाधिक न्याभ बढ्नेमा एनएमबि सरल बचत फण्ड ई छ । उसको न्याभ जेठको तुलनामा असारमा रू. ० दशमलव ३ ले बढेको हो । गत जेठमा रू. ८ दशमलव ८१ रहेको न्याभ असारमा ९ दशमलव ११ पुगेको छ । यो सूचीमा दोस्रो स्थानमा सिद्धार्थ इक्वीटी फण्ड छ । उसको न्याभ जेठको तुलनामा असारमा रू. ० दशमलव २८ ले बढेको हो ।

यस्तै, लक्ष्मी इक्वीटी फण्ड र ग्लोबल आइएमई समुन्नत स्किम १ को न्याभ घटेको छ । लक्ष्मी इक्वीटी फण्डको न्याभ जेठ मसान्तसम्ममा रू. ११ दशमलव ५ रहेकोमा असार मसान्तसम्ममा रू. १० दशमलव ५२ कायम भएको हो । यस्तै ग्लोबल आइएमई समुन्नत स्किम १ को न्याभ जेठ मसान्तमा रू. ९ दशमलव ८ रहेकोमा असार मसान्तसम्ममा रू.९ दशमलव ७९ कायम भएको हो । 

सानिमा इक्वीटी फण्डको न्याभ भने स्थिर देखिएको छ । सानिमाको न्याभ गत जेठमा १४ दशमलव ४ रहेकोमा असारमा घटबढ भएको छैन । 

सबैभन्दा बढी न्याभ सानिमा इक्वीटी फण्डको 

३१ ओटा फण्डहरूमध्ये सबैभन्दा बढी न्याभ सानिमा इक्वीटी फण्डको रू. १४ दशमलव ४ रहेको छ । सर्वाधिक न्याभ रहेको दोस्रोमा एनएमबि फिप्टी छ । उसको न्याभ रू. १३ दशमलव २८ रहेको छ । 

म्युचुअल फण्डहरूको अधिकांश लगानी शेयर बजारमा हुने गर्दछ । सोही कारण शेयर बजारमा घट्दा या बढ्दा फण्डहरूको न्याभसँगै नाफा नोक्सानमा असर पर्ने देखिन्छ । 

५ ओटा मात्रै नाफामा 

खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका ३१ ओटा म्युचुअल फण्डहरूमध्ये ५ फण्ड मात्रै नाफामा छन् भने बाँकी सबै फण्डहरू घाटामा छन् । एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, लक्ष्मी उन्नति कोष र कुमारी इक्वीटी फण्ड नाफा रहेका हुन् । 

२ ओटाले गरे लाभांश वितरणको घोषणा

३१ म्युचुअल फण्डहरूमध्ये दुई फण्डले गत आवको मुनाफाबाट आफ्ना एकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित २ म्युचुअल फण्डहरूले आव २०७८/०७९ सम्मको सञ्चित  मुनाफाबाट लाभांश घोषणा गरेका छन् । 

लक्ष्मी उन्नति कोषका एकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी लक्ष्मी इक्वीटी फण्डले आव २०७८/०७९सम्मको सञ्चित मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement