ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु 

२०७९ साउन, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २१, काठमाडौं । देशभर थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उक्त अवधिमा १ हजार ९४२ जनाको पीसीआर र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गरेकामध्ये ३२६ जना र एन्टिजेन परीक्षण गरेकामध्ये ३३४ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ पुगेको छ । 

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्‍टामा १ जनाले ज्यानसमेत गुमाएका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement