ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अग्नि एयर थप डोर्नियर किन्दै

२०७९ साउन, २२  
१० वर्ष अघि
Image Not Found

निजी क्षेत्रको वायु सेवा कम्पनी अग्नि एयरले विमान थप्ने तयारी गरेको छ । यसले जर्मनीमा बनेको एउटा डोर्नियर विमान खरीद गर्न लागेको अग्निका प्रबन्ध निर्देशक सुदीप बस्नेतले अभियानलाई बताए । अग्निले विमान खरीदका लागि करीब ६ महिनाअघि प्रक्रिया शुरू गरेको थियो । करीब एक महिनाअघिदेखि भने जहाज ल्याउने प्रक्रियालाई तीव्रता दिएको हो । ‘विमान ल्याउन ठूलो लगानी गर्नुपर्ने भएकाले हतारिएर मात्र हुँदैन, धेरै कुरा विचार गर्नुपर्ने हुन्छ । त्यसैले अहिले हामी कहाँ र कसबाट जहाज ल्याउने भन्ने अध्ययन गर्दै र्छौं,’ बस्नेतले भने, ‘अक्टोबर सिजनमा सम्भव भएन भने पनि पर्यटन वर्ष २०११ अगावै विमान ल्याउने योजना छ  ।’

नागरिक उड्डयन प्राधिकरणको प्रावधानअनुसार कुनै पनि नेपाली वायु सेवा कम्पनीले पुरानो जहाज ल्याउँदा उत्पादन भएको २० वर्ष ननाघेको हुनु पर्नेछ । सो अनुरूप अग्निले ल्याउन खोजेअनुसारको डोर्नियरका लागि २२ देखि २४ लाख डलर (१६ देखि १८ करोड नेपाली रुपैयाँ) लागत पर्ने बस्नेतले बताए ।

एउटा थप गरेपछि अग्निसँग तीनवटा डोर्नियर विमान हुनेछन् । एक महिनायता  अग्निले एउटामात्र डोर्नियरबाट उडान गरिरहेको छ भने ग्राउन्डिङ भएको अर्को विमानबाट पनि केही दिनभित्रै उडान शुरू हुने जानकारी दिएको छ । ‘हामीले अमेरिकाबाट ग्राउन्डिङ भएको विमानका लागि नयाँ इन्जिन ल्याइसकेका छौं । त्यसको परीक्षण उडान गर्दै छौं । त्यसपछि उड्डयन प्राधिकरणको अनुमति लिएर मिल्यो भने भोलिदेखि नै नियमित  उडान थाल्छौं,’ बस्नेतको भनाइ छ ।

वर्ष ६ अंक १४ , आइतवार, ३ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement