ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चितवनमा सवारीसाधनबाट रू. ३ करोडभन्दा बढी राजस्व संकलन

२०७९ साउन, २२  
बागमती प्रदेश
Image Not Found

चितवन (अस) । चितवनमा गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्षमा सवारीसाधनको जरीवानाबाट ३ करोड ८ लाख ५४ हजार रुपैयाँ राजस्व असुली भएको छ । ३३ हजार ७३८ सवारीसाधनबाट उक्त राजस्व संकलन गरिएको हो ।

कार्यालयले ट्रक, टिपर, बस, माइक्रोबस, कार/जीप, ट्र्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारीसाधनको कारबाहीबाट जरीवाना असुल्दै आएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी ट्राफिक कारबाहीमा मोटरसाइकल परेको कार्यालयले बताएको छ । बढी राजस्व पनि मोटरसाइकलबाटै संकलन भएको कार्यालयको तथ्यांक छ ।

एक वर्षमा कार्यालयले ९ हजार २५१ मोटरसाइकलबाट ७८ लाख ५४ हजार रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । यस्तै १ हजार ५७२ ओटा ट्र्याक्टरको कारबाहीबाट १५ लाख ६८ हजार रुपैयाँ राजस्व असुली गरिएको छ ।

कार्यालय प्रमुख धर्मबहादुर थापाले सवारीसाधनको संख्या बढेसँगै ट्राफिक नियम उल्लंघनका घटना पनि बढेको बताए । उनका अनुसार जिल्लामा चल्ने सवारी साधनमध्ये दुईपांग्रेको संख्या र उल्लंघनका घटना पनि बढी छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement